दफा ३६
हस्ताक्षर वा सहीछाप यकीन गर्ने
(१) कुनै लिखत कुनै व्यक्तिद्वारा लेखिएको वा सहिछाप गरिएको हो वा होइन भन्ने प्रश्न उठेमा अदालतले सो व्यक्तिलाई अर्को कागजमा लेख्न वा सहिछाप गर्न लगाई सो हस्ताक्षर वा सहिछापसँग वा निजको अरू कुनै लिखतमा परेको हस्ताक्षर वा सहिछापसँग भिडाई सो कुरा यकीन गर्न सक्नेछ ।
(२) उपदफा (१) मा लेखिएबमोजिम हस्ताक्षर वा सहिछाप भिडाई यकीन हुन नसक्ने अवस्थामा अदालतले अन्य प्रमाणबाट सो कुरा यकीन गर्न सक्नेछ ।
(३) यस दफामा लेखिएको कुनै कुराले अदालतले हस्ताक्षर वा सहिछाप सम्वन्धी विशेषज्ञको राय प्रमाणमा लिन बाधा पुर्याएको मानिने छैन ।